काठमाडौँ। सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी नगरपालिका–४ का ३९ वर्षीय लालबहादुर राई रहेका छन् ।
च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताएका छन् ।