काठमाडौँ। नेपाली साहित्यका कवि तथा उपन्यासकार बानिरा गिरीको निधन भएको छ ।
उनको हिजो आइतबार राति १० बजे नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनमा करिब ३ हप्ताअघिदेखि कोरोना संक्रमण भएको थियो तर उनको मृत्यु हृदयघातबाट मृत्यु भएको बताइएको छ ।
दार्जिलिङमा जन्मेकी ‘शब्दातीत शान्तनु’ कविता संग्रहबाट उनले २०५६ को साझा पुरस्कार पाएकी थिइन्।