कङ्गोमा ज्वालामुखी विस्फोट हुँदा १५ जनाको मृत्यु-Sutra News

कङ्गोमा ज्वालामुखी विस्फोट हुँदा १५ जनाको मृत्यु

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।



कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएपछि त्यहाँबाट भाग्ने क्रममा १५ जना स्थानीय नागरिकको मृत्यु भएको अन्तरराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् ।

कङ्गोको गोमा शहरमा हजारौँ मानिस ज्वालामुखी विस्फोट भएपछि घर छोड्न बाध्य भएका छन्।

शहरका केही भागहरू र विमानस्थलमा समेत लाभा पुगे पनि अहिले लाभाको बहाव रोकिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट