काठमाडौँ । नेकपा एमालेका माधव पक्षका नेता भिमा रावलले प्रधानमन्त्रीले आफ्नो कुर्सि जोगाउनका लागि नागरिकता सम्बन्धि अध्यादेश जारी गरेको आरोप लगाएका छन् ।
सोमवार पत्रकारहरुसंग कुरा गर्दै नेता रावलले प्रधानमन्त्रीले आफुलाई चौतर्फी फाइदा हुने देखेपछी अध्यादेश ल्याएको बताएका हुन् ।
अध्यादेशको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘ उहाँले कुर्सि जोगाउनका लागी अध्यादेश जारी गर्न लगाउनुभएको हो, यसको विषयमा जनताहरुले उहाँ संग स्पष्टिकरण माग्नुपर्छ।’
त्यस्तै उनले प्रधानमन्त्रीले सोधेको स्पष्टिकरण नदिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको अवैध अध्यक्ष भएको हुनाले स्पष्टिकरण दिइराख्नपर्ने आवश्यक नभएको उनको तर्क रहेको छ ।
‘ओली एमाले पार्टिक अवैध अध्यक्ष हो यसकारण उहाँले सोधेको प्रश्नको स्पष्टिकरण दिनुपर्ने आवश्यक छैन ।’ उनले भने ।