काठमाडौँ। कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च अदालत गएका छन्।
विपक्षी दलका सांसदहरूले गरेको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने परमादेश दिन सर्वोच्च जान लागेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हालसम्म माधवकुमार नेपाल पक्षला २३ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
माधव नेपाल पक्षका नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।