महान्यायाधिवक्ताको प्रश्न : संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?-Sutra News

महान्यायाधिवक्ताको प्रश्न : संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले नागरिकतासम्बन्धी अध्यादेश सकारात्मक भएको बताएका छन् ।



सोमबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै बडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताएका हुन् ।

संविधानमा भएको कुरालाई अध्यादेशमा ल्याउनु स्वाभाविक भएको उनको तर्क छ ।

केहि नेता तथा सांसदहरुले नागरिकतासम्बन्धी ल्याइएको अध्यादेशलाई विरोध गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘ संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट