ज्वरोका कारण गोकर्ण विष्ट तीन दिनदेखि घरमै-Sutra News

ज्वरोका कारण गोकर्ण विष्ट तीन दिनदेखि घरमै

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्ट ज्वरोका कारण घरमै आराम गरिरहेको उनका सहयोगी मदन खनालले जानकारी दिएका छन्।



एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने विष्ट विपक्षी गठबन्धनका पक्षमा हस्ताक्षर नगरेको भन्दै चर्चा चलेको थियो ।

कतिपयले उनी ओलीपक्षमा लागेको समेत दाबी गर्दै आएका थिए ।

‘माननीय गोकर्ण विष्ट उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहनुभएको सबैमा जानकारी गराउँदछु,’ खनालले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट