काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने बताएका छन् ।
सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्रांगणमा पत्रकारसँग कुरा गर्दै नेता थापाले प्रतिनिधिसभा पुनःस्थापना हुने बताएका हुन्।
सभापति शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरू सर्वोच्च अदालत पुगेका छन् ।
विघटित प्रतिनिधि सभाका १४० भन्दा बढी सांसदको हस्ताक्षरसहित नेताहरू सोमवार सर्वोच्च अदालत गएका हुन् ।