चार सातामा कोरोना संक्रमण क्रमश घट्छ : स्वास्थ्यमन्त्री त्रिपाठी-Sutra News

चार सातामा कोरोना संक्रमण क्रमश घट्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाको संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताएका छन् ।



सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले कोरोना संक्रमण दर सोचेंजस्तो नियन्त्रणमा नआएको बताएका हुन् ।

नेपालमा अहिले बी १.६१७.२ भेरियन्ट मुख्य रुपमा फैलिएको छ ।

त्यस्तै उनले संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने बताएका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट