नागरिकता अध्यादेशबारे बोले विप्लव – सत्तासंकट टार्न ल्याइएको हो-Sutra News

नागरिकता अध्यादेशबारे बोले विप्लव – सत्तासंकट टार्न ल्याइएको हो

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् ।



सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा प्रतिक्रीया दिंदै विप्लवले  राष्ट्रहितविपरीतको कार्य नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि अध्यादेश ल्याएको विप्लवको आरोप छ।

 ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ ’, विप्लवले निकालेको विज्ञप्तिमा भनिएको छ , ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ ।’

राष्ट्रपतिले नागरिकतासम्बन्धि अध्यादेश ल्याएपछी यसको चौतर्फी विरोध भइराखेको छ ।

biplabbbb.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट