तेन्जी शेर्पा १८ औँ पटक सगरमाथाको चुचुरोमा-Sutra News

तेन्जी शेर्पा १८ औँ पटक सगरमाथाको चुचुरोमा

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

सोलुखुम्बु- खिजिदेम्बा गाउँपालिका-९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा गएका क्लाइम्बिङ गाइड उनी सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेको कम्पनीले जनाएको छ ।



सोही कम्पनी मार्फत सगरमाथा आरोहणमा गएका लाक्पा दावा शेर्पाका अनुसार उक्त टोली आज बिहान ४ः३० बजे शिखरमा पुग्न सफल भएको हो । अमेरीकन नागरिक डोन र एरिक तथा बेलायती नागरिक ज्याक सहित उनीहरुका ४ जना सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरोमा पुगेर फर्केको आधारशिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिए ।

उनीहरु अब तीन दिनमा आधारशिविर आईपुगेर काठमाडौं फर्कने बताइएको छ । आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेका थिए भने आज साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट