अस्पताललाई सात दलले भन्यो- चार दिनमा १८ संक्रमितको मृत्यु, बिरामीप्रति जिम्मेवार बन-Sutra News

अस्पताललाई सात दलले भन्यो- चार दिनमा १८ संक्रमितको मृत्यु, बिरामीप्रति जिम्मेवार बन

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन र कोभिड संक्रमितका उपचारमा विशेष ध्यान दिन सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।



उपकुलपति कार्यालय अगाडि आज एक घण्टा धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना संक्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा.ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।

यसरी ध्यानकर्षण गराउने पार्टीमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, संघीय राज्य परिषद, जनमुक्ति पार्टी लगायत रहेका छन् ।

कांगेस सुनसरीका सचिव सुजेन्द्र तामाङले संक्रमितका उपचारमा प्रतिष्ठानले ध्यान नदिएको आरोप लगाउँदै उपकुलपतिले अस्पताल व्यवस्थापन गर्न नसकेको बताए ।

प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन । प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८ बिरामीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट