काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निकालेपछि नेता झलनाथ खनालले नयाँ पार्टी खोल्ने बताएका छन् ।
ओली आफूहरूलाई गरिएको कारबाहीको कुनै अर्थ नरहेको बताउँदै सोमबार साँझ खनालले नयाँ पार्टी खोल्ने स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई कम्युनिस्ट आन्दोलनका ‘गद्धार’ को संज्ञा दिंदै खनालले भने, ‘कम्युनिस्ट आन्दोलनका गद्धारले हामीमाथि गर्ने कथित कारबाहीको अर्थ छैन । अब नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्छौं ।’
ओलीले नेपालसहित ११ जना सांसदलाई पार्टीबाट निकाले, थप १२ जनालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने