मातातीर्थ औंसीमा छोराछोरीले पठाएको रकमले अक्सिजन सिलिण्डर किनेर अस्पताललाई सहयोग-Sutra News

मातातीर्थ औंसीमा छोराछोरीले पठाएको रकमले अक्सिजन सिलिण्डर किनेर अस्पताललाई सहयोग

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं- वागमती प्रदेशसभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले यहाँको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिएकी छिन् ।



वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रली उपलब्ध गराएकी हुन् ।

वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र विनोद श्रेष्ठलाई ती सामग्री आज हस्तान्तरण गरिन् ।

उनका अनुसार अष्ट्रेलियाको सिड्नीमा रहेकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको रु.१० हजारले ती सामग्री खरिद गरेर सहयोग गरेको बताइन् ।

सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएकी छिन् ।

उनले भनिन्, ‘पहाडी क्षेत्रमा कोरोना संक्रमितलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट