माओवादीले गर्यो कोरोना नियन्त्रणका लागि नीति तथा कार्यक्रम प्रस्ताव-Sutra News

माओवादीले गर्यो कोरोना नियन्त्रणका लागि नीति तथा कार्यक्रम प्रस्ताव

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं- कोरोना नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रको स्थायी समितिले नीति, कार्यक्रम र संरचनासम्बन्धी प्रस्ताव गरेको छ ।



कोभिड-१९ को दोस्रो लहरको तीव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकारले जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी तत्परता र प्रभावकारीतामा पूर्णतः असफल सावित भएको स्थायी समितिले निष्कर्ष निकालेको छ ।

‘अझ तेस्रो लहर पनि आउन सक्ने सम्भावनाप्रति विज्ञहरुले सचेत गराइरहेको पृष्ठभूमिमा सम्भावित विपत्तिलाई सामना गर्न सक्ने प्रणाली निर्माणको तयारी पनि आजको विषय बन्न पुगेको छ’, स्थायी समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जनताको जीवन रक्षाको अत्यन्तै संवेदनशील यो मुद्दामा सरकारको चरम लापरवाहीप्रति खेद प्रकट गर्दै नेकपा माओवादी केन्द्रको स्थायी समितिको २०७८ जेठ ५ र ६ गते बसेको बैठकले यसबारे गम्भीर छलफल गरी कोरोना नियन्त्रणको लागि नीति, योजना, कार्यक्रम र संरचना बनाई अगाडि बढ्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट