गाँजर खानुहोस्, यस्ता फाइदा हुन्छन्-Sutra News

गाँजर खानुहोस्, यस्ता फाइदा हुन्छन्

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

आँखालाई राहत दिन्छ: गाँजरमा प्रयाप्त मात्रामा बिटा क्यारोटिन हुन्छ । जसले उमेर बढ्दै जाँदा आँखामा देखिने समस्याबाट जोगाउँछ । यसमा भएको क्यारोटिनले रातीको समयमा आँखा कम देखिने समस्यालाई निर्मूल पार्छ । गाँजरमा भएको भिटामिन सी ले आँखा  सम्बन्धी अन्य रोगहरु लाग्न दिन्न ।
 
कोलेस्ट्रोलाई नियन्त्रण गर्छ: मुटु रोगीका लागि गाँजर फाइदाजनक हुन्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गरी मुटु रोगको जोखिमलाई न्युनिकरण गर्छ । गाँजरले शरीरमा एन्टिअक्सिडेन्टको प्रभावलाई बढाउँछ ।
 
पाचन शक्ति बलियो बनाउँछ: गाँजर फाइबरको राम्रो स्रोत हो । फाइबरले कब्जियतबाट छुटकरा दिलाउँछ । गाँजरले नियमित पाचन प्रक्रियामा मद्दत गर्छ । यसको मद्दतले खाना राम्रोसँग पाचन हुन्छ । गाँजरले पाचन प्रक्रिया नियमित गराई दैनिक कार्य गर्न सहजता प्रदान गर्छ । गाँजरलाई भोजनका साथै सलादको रुपमा खान सक्छौं । 



रक्तचापलाई नियन्त्रण: उच्च रक्तचापलाई मुटुरोगको प्रमुख कारण मानिन्छ । मुटु रोगबाट बच्न उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्छ । गाँजरलाई नाइट्रेटको राम्रो स्रोत मानिन्छ । यसमा पाइने पोटनसियाले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट