काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने समाचार र हल्ला लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् ।
सरकारले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि सोमबार मात्रै सर्वोच्च अदालतमा विपक्षी पाँच दलले रिट दर्ता गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापित हुने भय पाँच दललाई छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले देशी-विदेशी शक्तिसँग भेटवार्ता गर्नुले अनुचित हुने तर्क उनीहरूको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद रहेको भन्दै त्यो नियम/नजीर बन्न नसक्ने बताएका छन् । साथै उनले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् पनि भनेका छन् ।
प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!
— Baburam Bhattarai (@brb1954) May 25, 2021