काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखसँग परामर्श गर्दैछन् ।
संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले जानकारी दिए ।
यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
२०४८ साल यता दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्वसभामुख छन् ।
छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।