चीनले अनुदानमा दिएको सिलिण्डरमा आफ्नो फोटो टाँसेर महामारीलाई ‘मजाक’ बनाउँदै वनमन्त्री आले-Sutra News

चीनले अनुदानमा दिएको सिलिण्डरमा आफ्नो फोटो टाँसेर महामारीलाई ‘मजाक’ बनाउँदै वनमन्त्री आले

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

वन तथा वातावरण मन्त्री प्रेम आलेले चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेर महामारीका बीचमा पनि ठूलो प्रचारमोह देखाएका छन् ।



अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि चीनले अनुदानमा २ हजार सिलिण्डर दिएको थियो । अनुदानमा आएका ती सिलिण्डरमध्ये १ सय २५ वटा सिलिण्डर उनले आफ्नो पदको दुरुपयोग गर्दै सुदूरपश्चिम लगेका थिए ।

सबै सिलिण्डरमा वनमन्त्री आलेको फोटोसहितको स्टिकर छ । त्यो मात्र नभएर उनले सुदूरपश्चिम लगेका अन्य औषधि, मास्क, अक्सिजन कन्ट्रेस्टरमा पनि उनको फोटो टाँसिएको देखिन्छ ।

आले डोटी जिल्लाबाट निर्वाचित एमालेका सांसद हुन् । यसअघि उनले रुखले कार्बनडाइअक्साइड फाल्ने र मान्छेले अक्सिजन फाल्ने भन्दै गरेको भाषण विवादित बनेको थियो ।

अहिले महामारीका बीचमा आलेले आफ्नो प्रचार मोह सार्वजनिक गरेका छन् । उनले अर्को देशले अनुदानमा दिएको सिलिण्डरमा आफ्नो स्टिकर टाँसेर महामारीविरुद्धको लडाईंलाई मजाक बनाएका छन् ।

aale2.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट