

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनका विषयमा पूर्वसभामुखहरूसँग छलफल गर्ने भएका छन् ।
सभामुखको सचिवालयका अनुसार सभामुख सापकोटा र पूर्वसभामुखहरुको छलफल दिउँसो १ बजे छलफल हुनेछ ।
सभामुख सापकोटाले पूर्वसभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरासंग भेट्ने भएका हुन् ।
सभामुख सापकोटाले संसद विघटन असंवैधानिक भएको बताउँदै आएका छन् ।