

काठमाडौँ ।बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट दुइजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विक र उनकी तीन बर्षीया छोरी दिपिका वि.क.रहेका छन् ।
चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको र उनकी छोरीको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले आक्रमण गरेको हो ।