एकै परिवारका आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत फेला-Sutra News

एकै परिवारका आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत फेला

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं । प्युठानमा एकै परिवारका तीन जना सालको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।



मृत्यु हुनेमा प्युठान नगरपालिका–२ चितीखोला बस्ने २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रहेका छन् ।

उनीहरुको शव सालको बोटमा झुण्डिएको अवस्थामा फेला परेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनीहरुको  शव पोष्टमार्टमका लागि पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट