सुनसरी । सुनसरीमा एक सय किलो अवैध लागूऔषध गाँजा सहित एम्बुलेन्स चालकसहित दुई पक्राउ पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।
उनीहरुमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।