प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च अदालत-Sutra News

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च अदालत

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेको चर्चा चलेपछि सर्वोच्च अदालतले  यसबारे स्पष्टिकरण सार्वजनिक गरेको छ ।



सर्वोच्चले मंगलवार एक बिज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्री ओलीबीच भेट नभएको बताएको हो ।

 मंगलवार सर्वोच्चद्धारा जारी गरिएको विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट