काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा विरुद्ध बनेको विपक्षी गठन्धनका नेताहरु थप रणनीति तय गर्न भन्दै सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भेला भएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधकुमार नेपाललगायतका नेताहरु मंगलवार अपराह्न भेला भएका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै ती नेताहरु हिजो सर्वोच्च अदालत पुगेका थिए ।
विपक्षी गठबन्धनले दोस्रोपटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसमेत गरेको छ ।