महामारीकै बीचमा पनि सरकारविरोधी आन्दोलन जारी राख्ने तरुण दलको घोषणा ( विज्ञप्तिसहित)-Sutra News

महामारीकै बीचमा पनि सरकारविरोधी आन्दोलन जारी राख्ने तरुण दलको घोषणा ( विज्ञप्तिसहित)

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं । प्रधानमन्त्रीको  सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध नेपाल तरुण दलले कोरोना महामारीकै बीचमा पनि सरकारविरोधी आन्दोलन जारी राख्ने भएको छ ।



मंगलवार एक बिज्ञप्ति जारी गर्दै तरुण दलले स्वास्थ्य मापदण्ड अपनाएर भएपनि संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रमहरु जारी राख्ने बताएको हो ।

 ‘जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वेच्छाचारी र प्रतिगामी भएको नेपाल तरुण दल केन्द्रिय समितिको ठहर छ । उक्त कदम इतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथि गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ति :

tarun dal.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट