काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भोलि बुधबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाइएको एक नेताले सुत्रन्युजलाई जानकारी दिए ।
भोलीको पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ।
सभापति देउवालाई नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका बहुमत सांसदले सोमवार सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।