काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
प्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ओलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।
त्रीपाठीद्धारा दायर गरिएको रिटमा प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गरौं माग गरिएको छ । साथै अदालतको अवहेलनामा अधिकतम १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।