काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटहरूमाथि यहि बिहीवार र शुक्रवार सुनुवाई हुने भएको छ ।
सर्वोच्चमा परेको ३० वटा रिटमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विपक्षी गठबन्धनले १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा गत जेठ ७ राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।