सरकारको विरोध गर्ने विपक्षी गठबन्धनका नेताको पुत्ला जलाइयो-Sutra News

सरकारको विरोध गर्ने विपक्षी गठबन्धनका नेताको पुत्ला जलाइयो

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं- नागरिकता सम्बन्धी अध्यादेशको विरोध गरेको भन्दै जनकपुरमा विपक्षी गठबन्धनका नेताहरूको पुत्ला जलाइएको छ ।



राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधामस्थित जनक चोकमा जसपा अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेबाट निष्कासित नेता माधव नेपाल र नेकपा माओावादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको हो ।

पुत्ला जलाउने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । संघका धनुषा अध्यक्ष दिपेन्द्र सिंहले उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड कसैले पनि मधेसको मुद्दा सम्बोधन होस् भन्ने नचाहेकाले आफूहरूले विरोध गरेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट