स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.समीर अधिकारीलाई-Sutra News

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.समीर अधिकारीलाई

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी केही समय डा.समीर अधिकारीले समाल्ने भएका छन् । उनी मन्त्रालयका सह-प्रवक्ता हुन् ।



डा.जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीको रूपमा सरुवा भएसँगै मन्त्रालयको प्रवक्ताको हुने भन्नेमा सबैको चासो छ ।

‘औपचारिक रूपमा जिम्मेवारी दिइएको छैन । अर्को व्यक्ति नियुक्त नभएसम्म सह–प्रवक्ताकै रूपमा काम गर्नेछु’ डा.अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट