पूर्वसभामुखहरूले भने- आसन्न बजेट प्रतिनिधिसभाबाटै ल्याउनुपर्छ-Sutra News

पूर्वसभामुखहरूले भने- आसन्न बजेट प्रतिनिधिसभाबाटै ल्याउनुपर्छ

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं- पूर्वसभामुखहरूले आसन्न बजेट प्रतिनिधिसभाबाटै ल्याउनुपर्ने बताएका छन् । विकसित राजनीतिक घटनाक्रमका विषयमा सभामुख अग्नि सापकोटाले मंगलबार पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए । परामर्श कार्यक्रममा उनीहरूले बजेट ल्याउन माग गरेका हुन् ।



नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, संसद भवनमा सापकोटाले पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसारी घर्ती मगरसँग सभामुख सापकोटाले छलफल गरेका थिए ।

छलफलमा पूर्वसभामुखहरूले बजेट आउनुअघि नै विघटित संसद पुनर्स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।

छलफलमा पूर्वसभामुखहरूले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र सर्वोच्चले बहुमत सांसदको भावनाअनुसार फैसला गर्नेमा आफूहरु विश्वस्त भएको धारणा राखेका छन् ।

संसद विघटन भएको अवस्थामा जेठ १६ मै बजेट ल्याउनुपर्नै संविधानको प्रावधान बाध्यकारी नहुने भन्दै सदनबाटै बजेट ल्याउनुपर्ने कुरा छलफलमा उठेको बताइएको छ ।

सभामुख सापकोटाले बोलाएको छलफलमा पूर्वभामुखहरू पौडेल, महरा र घर्ती भौतिक रूपमै उपस्थित थिए भने
तारानाथ रानाभाट भर्चुअलरूपमा सहभागी भए । दमननाथ ढुंगाना र सुवास नेम्वाङ छलफलमा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट