टाउको दुखाईलाई निको पार्छ
तितेकरेलाको पातलाई पिनेर निधारमा लगाउनाले टाउको दुखाईबाट राहत मिल्छ ।
घाउलाई ठिक पार्छ
चोटपटक लागेको ठाँउमा करेलाको जरालाई पिसेर लगाउनाले घाउ पाक्छ र जम्मा भएको फोहार बाहिर निस्कन्छ । यसले घाउलाई चाँडै निको पार्छ । करेलाको जरा नभएको खण्डमा यसको पातलाई पिसेर तातो बनाएर पट्टी लगाउँदा पनि घाउ ठिक हुन्छ ।
घुँडाको दुखाईलाई कम गर्छ
काँचो करेलालाई आगोमा सेकाएपछि रुईमा राखेर घुँडामा बाँध्दा दुखाईबाट आराम मिल्छ ।
पथ्थरीको लागि
तितेकरेलाको जुस पिउँदा पथ्थरीको समस्याबाट मुक्ति मिल्छ । एजेन्सी