ठाकुर पक्ष सरकारमा जाने भएपछि यी पाँच सांसदले उपेन्द्र र बाबुरामको साथ छाडे-Sutra News

ठाकुर पक्ष सरकारमा जाने भएपछि यी पाँच सांसदले उपेन्द्र र बाबुरामको साथ छाडे

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं- सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर-राजेन्द्र महतो पक्षमा पुगेका छन् ।



पाँच सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए । पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ ।

यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन् । ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट