स्याङ्जामा नक्कली सेनिटाइजर बेच्ने एक पक्राउ-Sutra News

स्याङ्जामा नक्कली सेनिटाइजर बेच्ने एक पक्राउ

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

स्याङ्जा । स्याङ्जामा नक्कली सेनिटाइजर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेल रहेका छन्।



उनलाई  नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा एसपी होबिन्द्र बोगटीका अनुसार पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएका थिए।

उनको कोठाबाट ह्यान्ड​ सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट