जसपामा पत्रयुद्ध : उपेन्द्र पक्षले स्पष्टिकरण माग गर्दै ठाकुर पक्षलाई दियो कारवाहीको चेतावनी-Sutra News

जसपामा पत्रयुद्ध : उपेन्द्र पक्षले स्पष्टिकरण माग गर्दै ठाकुर पक्षलाई दियो कारवाहीको चेतावनी

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

नेकपा र एमालेको विभाजनपछि जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेको छ ।  



अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबीच एकले अर्कालाई स्पष्टिकरण सोध्ने सिलसिला शुरू भएको हो ।

ठाकुर पक्षले यादव पक्षलाई स्पष्टिकरण सोधेपछि यादव पक्षले पनि ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई के कति कारणले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिएको हो भन्दै स्पष्टिकरण सोधेको हो ।

पढ्नुहोस यो पनि – 

जसपामा ठाकुर-यादव द्वन्द्वः सोधियो सात बुँदे प्रष्टिकरण, पार्टी फुटाउन महन्थ तयार ! जसपामा ठाकुर-यादव द्वन्द्वः सोधियो सात बुँदे प्रष्टिकरण, पार्टी फुटाउन महन्थ तयार !

स्पष्टिकरणमा पार्टीमा गुटबन्दीमा सामेल भएको, छुट्टै कार्यालय चलाएको आरोपसमेत लगाइएको छ ।

स्पष्टिकरणको जवाफ तीन दिनभित्र पेश गर्नसमेत यादव पक्षले चेतावनी दिएको छ ।

jasapa.jpg

jasapa1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट