धर्म-संस्कृतिको एकाधिकार थोपरेर द्वन्द ल्याउन खोज्ने तत्वदेखि सतर्क रहौं – बाबुराम भट्टराई-Sutra News

धर्म-संस्कृतिको एकाधिकार थोपरेर द्वन्द ल्याउन खोज्ने तत्वदेखि सतर्क रहौं – बाबुराम भट्टराई

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक  स्वार्थकालागि अमूक धर्म-संस्कृतिको मात्र एकाधिकार थोपरेर द्वन्द ल्याउनखोज्ने तत्वदेखि सतर्क रहनुपर्ने बताएका छन् ।



बुधवार सामाजिक सञ्जाल ट्वीटरमा  गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै भट्टराईले राजनीतिक तत्वदेखि सतर्क रहनुपर्ने बताएका हुन् ।

‘नेपाल जस्तो परापूर्व कालदेखि विभिन्न धर्म-संस्कृतिको उद्गम/अभ्यास थलो रहेको मुलुकमा निहित राजनीतिक/रणनीतिक स्वार्थकालागि अमूक धर्म-संस्कृतिको मात्र एकाधिकार थोपरेर द्वन्द ल्याउनखोज्ने तत्वदेखि सतर्क रहौं!’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट