

भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम वागचीले नेपालमा पछिल्लो समय विकसित घटनाक्रमलाई भारतले ‘नोट’ गरिरहेको बताएका छन् ।
वागचीले सामाजिक सञ्जाल ट्वीटरमा सानो जानकारी राख्दै नेपालमा विकसित घटनाक्रम आन्तरिक विषय भएको र तीनलाई लोकतान्त्रिक प्रक्रियाअनुसार व्यवस्थापन गर्नुपर्ने प्रतिक्रिया दिएका हुन् ।
‘छिमेकी देश हुनुका नाताले भारतले नेपाल र नेपाली जनताको प्रगति, शान्ति, स्थीरता तथा विकासमा भारतले सदैव सहयोग गर्नेछ,’ उनले भनेका छन् ।
Our response to media queries on recent political developments in Nepal:https://t.co/lLpkm2uXzw pic.twitter.com/OVlUbqb8U6
— Arindam Bagchi (@MEAIndia) May 26, 2021