जनकपुरमा फरक दृश्य : नागरिकतासम्बन्धी अध्यादेशको   विरोध गरेको भन्दै विपक्षी गठबन्धनका नेताहरूको पुत्ला दहन-Sutra News

जनकपुरमा फरक दृश्य : नागरिकतासम्बन्धी अध्यादेशको   विरोध गरेको भन्दै विपक्षी गठबन्धनका नेताहरूको पुत्ला दहन

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । विपक्षी गठबन्धनद्धारा सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशको व्यापक विरोध भइरहेको छ ।



तर जनकपुरमा भने फरक दृश्य देखिएको छ। सरकारले ल्याएको  नागरिकता सम्बन्धी अध्यादेशको    विरोध गरेको भन्दै जनकपुरमा विपक्षी गठबन्धनका नेताहरूको पुत्ला जलाइएको छ ।

राष्ट्रिय युवा संघ नेपाल धनुषाले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको भन्दै जसपा, नेपाली काँग्रेस तथा एमालेका माधव पक्षका नेताहरुको पुत्ला जलाएको हो ।

विरोध गरेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेबाट निष्कासित नेता माधवक्मार नेपाल र नेकपा माओावादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाइएको राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनाएको छ।

उता जसपाका महन्थ ठाकुरपक्षीय कार्यकर्ताले अध्यादेशको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट