काठमाडौं। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनप्रति नेपाल बार एशोसिएशनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
त्यस्तै एशोसिएशनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक बताएको छ ।
बुधवार एक बिज्ञप्ति सार्वजनिक गर्दै नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक भएको भन्दै फिर्ता लिनसमेत माग गरेको छ।
एशोसिएशनले महामारीको विषम परिस्थितिका बीचमा पनि निर्वाचनको मिति घोषणा गरिएको भन्दै एशोसिएशनले आपत्ति जनाएको छ ।
हेर्नुहोस विज्ञप्ति :