दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतालाई आतंकित पार्‍यो : कांग्रेस-Sutra News

दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतालाई आतंकित पार्‍यो : कांग्रेस

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ ।  प्रमुख पतिपक्षी दल नेपाली काँग्रेसले कांग्रेसले सरकारले कोरोना देखाएर जनताहरुलाई अनावश्यक आतंक फैलाएको आरोप लगाएको छ ।



काँग्रेसले पछिल्लो समय सरकारले उपत्यकामा खाद्यान्न पसल पनि बन्द गराएर सर्वसाधारणमा झन समस्या उत्पन्न गराएको बताएको छ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतालाई आतंकित पारेको आरोप लगाएको हो।

 दुई दिनभित्र किनमेल गर भनेर सरकारले जनतामा आतंक सिर्जना गरेको छ,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले, ‘अस्पतालमा अक्सिजनको सुनिश्चितता, बेडको सुनिश्चितता र दुर्गममा पीसीआर परीक्षण गरेर कोरोना नियन्त्रणतर्फ ध्यान दिएको छैन । सरकारले संक्रमणको आडमा जनतालाई आतंक फैलाएर स्वार्थसिद्धि गर्ने काम गरेको छ ।’

यस्तै आजको बैठकले जीविकोपार्जनमा समस्या भएकाहरूलाई राहत दिनको लागी पनि सरकारसंग माग गरेको छ ।

आजको पदाधिकारी बैठकले प्रतिनिधि सभा विघटन गर्ने सरकार र राष्ट्रपतिको कदमविरुद्ध कानूनी र राजनीतिक लडाईंलाई निरन्तरता दिने निर्णय पनि गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट