काठमाडौंमा फेरि देखियो बर्डफ्लु , ८ सय टर्की नष्ट गरिदै-Sutra News

काठमाडौंमा फेरि देखियो बर्डफ्लु , ८ सय टर्की नष्ट गरिदै

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।



पशु सेवा विभागका अनुसार काठमाडौंको किर्तिपुर र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएका करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्नका लागी प्राविधिक टोलि खटिएको एक अधिकारीले जानकारी दिए ।

केहि महिना अघि काठमाडौकै  तारकेश्वर, ललितपुरको क्षेत्रमा  बर्डफ्लु पाइएको थियो ।

इन्फ्लूएन्जा भाइरसको कारण चराहरुमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक संक्रामक महामारीको नाम नै बर्ड फ्लू हो ।  इन्फ्लुएन्जा भाइरसका तीन समूहहरुमध्ये समूह ‘ए’मा पर्ने यही भाइरसको सक्रमणबाट चराहरुमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट