प्रधानमन्त्री ओलीलाई संकेत गर्दै माधव नेपालले भने – हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ-Sutra News

प्रधानमन्त्री ओलीलाई संकेत गर्दै माधव नेपालले भने – हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाको दोस्रो लहरका कारण माहामारी फैलिरहेका बेला हामीले भौतिक दूरी कायम राख्दै भविष्यमा आउन सक्ने स्वास्थ्य संकटबाट मुक्त हुनुपर्ने बताएका छन्।



सामाजिक सञ्जाल फेसबुकमा गौतम बुद्धको २५६५ औँ जन्मजयन्तिका अवसरमा शुभकामना व्यक्त गर्दै नेता नेपालले बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता र आपसी सद्‌भाव एवं एकता कायम गर्न बुद्धमन्त्र महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

‘बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर,’ उनले भनेका छन्, ‘हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’

त्यस्तै उनले बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता र आपसी सद्‌भाव एवं एकता कायम गर्न बुद्धमन्त्र महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट