बुद्धजयन्तीको शुभकामना दिंदै देउवाले भने- दिगो शान्तिबिना समग्र विकास सम्भव छैन-Sutra News

बुद्धजयन्तीको शुभकामना दिंदै देउवाले भने- दिगो शान्तिबिना समग्र विकास सम्भव छैन

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २५६५ औं बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधी लगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति  विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर रहेको बताएका छन् ।
 
सभापति देउवाले देश अहिले कोभिड-१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलेभन्दा दोस्रो  कयौं गुणा भयावहसिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् ।



यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको जनाउँदै उनले कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेका छन् । सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र  अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्दै देशमा शान्ति कायम होस् तथा अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना पनि गरेका छन् । साथै उनले किराँत समुदायको महान् पर्व उभौलीका अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट