सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ जनालाई एमालेले थमायो २४ घण्टे स्पष्टीकरण पत्र-Sutra News

सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ जनालाई एमालेले थमायो २४ घण्टे स्पष्टीकरण पत्र

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना नेतालाई स्पष्टीकरण सोधेका छन् ।



उनीहरुलाई २४ घण्टाभित्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण सोधिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

सोमवार बसेको स्थायी कमिटी बैठकले नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

सोही अनुसार उनीहरुलाई स्पष्टीकरण पत्र पठाइएको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट