स्वास्थ्य मन्त्रालयले भन्यो – घरमा राखेको अक्सिजन सिलिन्डर तुरुन्त फिर्ता गर्नु [ विज्ञप्तिसहित ]-Sutra News

स्वास्थ्य मन्त्रालयले भन्यो – घरमा राखेको अक्सिजन सिलिन्डर तुरुन्त फिर्ता गर्नु [ विज्ञप्तिसहित ]

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत रुपमा राखिएका अक्सिजन सिलिण्डरहरु फिर्ता गर्न आग्रह गरेको छ ।



बुधवार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेको हो  ।

 ‘विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ।’ स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ति :

swasthya.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट