वैदेशिक रोजगार : यी हुन नेपालीहरुको प्रवेशमा रोक लगाउने चार देशहरु-Sutra News

वैदेशिक रोजगार : यी हुन नेपालीहरुको प्रवेशमा रोक लगाउने चार देशहरु

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसंगै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेकोले यतिबेला कामदारहरु विदेश जानबाट वन्चित रहेका छन् ।



त्यस्तै केही गन्तव्य देशहरुले पनि नेपालमा कोरोना भाइरस फैलिएको भन्दै नेपालीहरुको प्रवेशमा नै रोक लगाएका छन् ।

बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । यो देशले २३ मे देखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो ।

नेपालीहरुको प्रवेशमा रोक लगाउने अर्को देश हो कुवेत, केही समयअगाडी कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

त्यस्तै यूएईले पनि वैशाख २९ गतेदेखि नै नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

मलेसियाले पनि  नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको छ ।मलेसियाको स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट