काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति चिनफिङबिच वार्ता भएको छ ।
बुधवार दिउँसो टेलिफोनमार्फत राष्ट्रपति भण्डारी र सी चिनफिङबिच कुराकानी भएको हो ।
आधा घण्टाभन्दा लामो वार्तामा राष्ट्रपति भण्डारीले कोरोना विरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी छन् ।
कुराकानीमा बुद्धजयन्तीको शुभकामना आदानप्रदान भएको बताइएको छ ।