नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा-Sutra News

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । चीन सरकारले  नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ।



काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको हो।

आज दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता भएको थियो । वार्तामा राष्ट्रपति भण्डारीले खोपको लागी अनुरोध गरेकी थिइन ।  

चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट