अक्सिजन खरीद गर्न मन्त्री आलेलेले दिए एक लाख-Sutra News

अक्सिजन खरीद गर्न मन्त्री आलेलेले दिए एक लाख

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गरेका छन् ।



अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए ।

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट